अदालत
आशिका तामाङविरुद्ध आज थुनछेक, अदालत उपस्थित गराइयो
शुक्रबार, १८ माघ २०८१, १२ : ३८
काठमाडौँ । आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी उपस्थित गराइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । उनीबिरुद्ध प्रहरी वृत्त जगातेले अनुसन्धान गरेको थियो ।
१४ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेपछि उनी पुन पक्राउ परेकी थिइन् ।
साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण