बुण्डेस लिगामा बायर लिभरकुजेनलाई सफलता
सोमबार, २१ माघ २०८१, ०२ : १४
काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले होफेनहाइमलाई हराएको छ । आइतबार राती घरेलु मैदानमा लिभरकुजेनले होफेनहाइमलाई ३-१ गोल अन्तरले हरायो ।
लिभरकुजेनका लागि भिक्टर बोनिफेस, जेरेमी फ्रिम्पोंग र पेट्रिक शिकले एक–एक गोल गरे । होफेनहाइमका तर्फबाट गिफ्ट अर्बानले एक गोल फर्काए ।
लिगको अर्को खेलमा आइन्ट्राच्ट फ्र्यान्कफर्ट र उल्फ्सवर्गले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । अंक तालिकामा शीर्ष स्थानको बायर्न म्युनिखको २० खेलबाट ५१ अंक हुँदा दोस्रो स्थानको लिभरकुजेनको ४५ र तेस्रो स्थानको फ्र्यान्कफर्टको ३८ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण