अस्ट्रेलियामा बाढीले थप वितण्डा मच्चाउने चेतावनी

क्विन्सल्यान्ड । कीर्तिमानी वर्षाका कारण उत्तरपूर्वी अस्ट्रेलियामा विनाशकारी बाढी आएको छ । सोमबार लगातार तेस्रो दिन पनि बाढीले वितण्डा मच्चाइरहँदा अधिकारीहरूले थप क्षतिको चेतावनी दिइरहेका छन् ।
आइतबार बाढीमा डुबेर एक महिलाको मृत्यु भएको थियो भने न्यून तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँलाई सुरक्षित स्थलतर्फ जान भनिएको थियो । केही दिनमै उत्तरी क्विन्सल्यान्डमा गर्मीयामभरि पर्ने पानी परेको थियो ।
यसका कारण केरिन्सतर्फको क्विन्सल्यान्ड तटदेखि म्याककेसम्मको क्षेत्रमा बाढीले विध्वंस मच्चाएको थियो । बाढीका कारण भएको क्षति हेर्न गाह्रो भएको क्विन्सल्यान्डका प्रमुख डेभिड क्रिसाफुलीले सोमबार इन्ष्टाग्राममा भनेका थिए ।
मुसलधारे वर्षा र बाढीका कारण घर, व्यवसाय र खेतीयोग्य जमिन सबै डुबानमा परेको बताइएको छ । तटीय क्षेत्रको ठुलो हिस्सामा अस्ट्रेलियाको मौसम विभागले चरम मौसमी चेतावनी कायमै राखेको छ । गएको हप्ता केही क्षेत्रमा एक मिटरसम्मको वर्षात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते