चर्चाका लागि इन्फ्लुएन्सरले रेकर्ड गरिन् तोडफोडको भिडियो, ५ वर्षको जेल सजायपछि रुवाबासी
बोगोटा । कोलम्बियाका सोसल मिडिया इन्फ्लुएन्सर ड्यानिडी बारेरा रोजास उर्फ एपा कोलम्बियालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । उनले एक प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गरेको भिडियो खिचेकी थिइन् ।
सन् २०१९ को नोभेम्बरमा कोलम्बियामा पूर्वराष्ट्रपति इभान डुकविरुद्ध हिंसात्मक प्रदर्शन भएको थियो । त्यतिबेला इन्फ्लुएन्सर रोजासले बोगोटामा सार्वजनिक यातायात स्टेसनमा आफूले तोडफोड गर्दै गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।
उक्त भिडियोमा उनलाई हथौडाले सिसा, कार्ड रिडरलगायत संरचना तोडफोड गर्दै गरेको देख्न सकिन्छ । यो भिडियो केही समयमा नै भाइरल भएको थियो भने लाखौँले यसलाई हेरेका थिए । यसबाट उनले सामाजिक सञ्जालमा राम्रै चर्चा कमाइन् ।
तर, पछि यही भिडियो प्रहरी अनुसन्धानको कारण बन्यो र सार्वजनिक सम्पत्तिमा क्षति र सार्वजनिक यातायातमा अवरोध गरेको कारण उनलाई सुरुमा साढे ३ वर्षको सजाय सुनाइयो ।
रोजासले पछि आफ्नो व्यवहारको लागि माफी पनि मागिन् । तर, यसले कुनै फाइदा भएन । अभियोजकले सजायविरुद्ध पुनरावेदन गरेपछि उनलाई ५ वर्षको जेल सजाय र ४९३ महिना बराबरको न्यूनतम पारिश्रमिकको जरिवाना सुनाइयो ।
उनको वकिलले जेल सजाय कम गर्न माग गर्दै सर्वोच्च अदालतमा अपिल दायर गरे पनि गत जनवरी २७ मा अदालतले पुरानै सजायलाई सदर गरेको थियो । अदालतले उनलाई पक्राउ गरेर सजाय कार्यान्वयन गर्न पनि भनेको छ ।
अहिले उनको अर्को भिडियो भाइरल भइरहेको छ जहाँ उनी रुँदै आफूलाई दिएको सजायबारे गुनासो गरिरहेको देख्न सकिन्छ । इन्सटाग्राममा मात्रै ५२ लाख फलोअर्स भएकी रोजाय कोलम्बियाकी सबैभन्दा चर्चित इन्फ्लुएन्सरमध्ये एक पनि हुन् । कोलम्बिया वानका अनुसार उनलाई सामाजिक सञ्जालको प्रयोगमा पनि रोक लगाउन आदेश दिइएको छ । -अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण