‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
महेन्द्रनगर (धनुषा) । यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ ।
आज जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको उद्घाटनमा स्व सङ्गीतकार कामतकी पत्नी सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र स्व अमित झाका बुबा रामनारायण झाले संयुक्त रुपमा रु एक लाख पाँच हजार राशिको पुरस्कार प्रदान गरे ।
अमित झा साहित्य सङ्गीत पुरस्कार नव मिथिला फाउन्डेसनको आयोजनामा हरेक वर्ष साहित्य र सङ्गीत क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । स्व कामतले नेपाली शास्त्रीय सङ्गीतमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
उनी गत साउनमा दिवङ्गत भएका थिए । उनी ‘प्रबल जनसेवा श्री’ लगायतका सम्मानबाट सम्मानित भएका थिए । उनले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सकेनन् । पुरस्कार हस्तान्तरणसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित सङ्गीतकार अशोक दत्तलाई रु ५१ हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । सङ्गीत क्षेत्रमा दत्तको योगदानको कदर गर्दै सहयोग रकम उहाँको उपचारका लागि प्रदान गरिएको हो ।
तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र साङ्गीतिक कार्यक्रमहरू हुने जनाइएको छ । पहिलो दिन राजनीतिक विश्लेषक सिके लालले ‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण