एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।
महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिए ।
पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ । पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री
-
विकासे मन्त्रालयकै बजेट सिलिङ घट्यो, कुन मन्त्रालयको कति ?
-
‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’
-
म्याक्सवेलको नाममा बन्यो आईपीएलको यस्तो खराब रेकर्ड
-
तत्काल बक्यौता असुल गर्न नवनियुक्त शाक्यलाई ऊर्जामन्त्रीको निर्देशन
-
राजा फर्काउने आन्दोलनमा सहयोग ‘लिने र दिने’ नीतिमा राप्रपा