पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले एमाले नेता कुमार कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ।
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्कामा निर्णय गरेका कुइँकेललाई सर्वोच्चले ६ वर्ष कैद सजाय तोकेको छ।
उक्त मुद्दामा कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको हो।
विशेष अदालतबाट पनि उनलाई त्यति नै जरिवाना सुनाइएको छ। तत्कालीन नेकपा एमाले काठमाडौँ–४ का अध्यक्ष निर्मल कुइँकेल जोडिएको उक्त भ्रष्टाचार मुद्दामा माघ १० गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले यो निर्णय गरेको हो।
त्यस्तै पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई पनि सर्वोच्चले ६ वर्ष कैद सजाय सुनाएको छ । ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर्दै सर्वोच्चले उनलाई त्यति नै जरिवाना पनि सुनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण