यी युवकले हातले चढे चीनको चर्चित पहाडमा
बेइजिङ । तपाईँले कहिले हात टेकेर हिँड्ने कोसिस गर्नु भएको छ ? चीनका एक जना युवकले हातैले टेकेर त्यहाँको चर्चित पहाड चढेका छन् ।
३८ वर्षका सन कुओ शानले २०२३ को मेमा मात्रै हातले उकालो चढ्ने अभ्यास सुरु गरेका थिए । तर त्यसको एक वर्ष नबित्दै उनले २०२५ को वसन्त यामसम्ममा चीनको सबैभन्दा चर्चित ५० वटा पहाड चढ्ने चुनौतीपूर्ण काम सुरु गरे ।
सन पहिला शिक्षण पेसामा संलग्न थिए । कोभिडको महामारीको समयमा उनले स्वास्थ्यको महत्त्व बुझे । त्यसपछि स्वस्थ तालिमको महत्त्व अरूलाई बुझाउने अठोट गरे । तर यस क्रममा उनी देशका पहाडहरूप्रति अनौठो तरिकाले सम्मान देखाउन पनि चाहन्थे । २०२४ को मेमा सनले यो चुनौतीमा काम गर्न थाले । वुदाङ पहाडको सर्वोच्च टाकुरा हाइबात हातैले टेकेर उक्लिएपछि २०२४ को नोभेम्बरमा उनी भाइरल भए । ‘हरेक चिनियाँको मुटुमा मार्शल आर्ट्सको सपना हुन्छ,’ सन भन्छन् ।
गएको वर्ष डिसेम्बरमा मध्ये चीनको हुनान प्रान्तको चाङजियाजेईमा रहेको तियानमेन पहाड चढ्न ९९९ पाइला पूरा गर्न उनलाई ५ घण्टा लाग्यो । आफैँले आफैलाई दिएको चुनौती अन्तर्गत उनले चढेको यो ३४ औँ पहाड थियो । यो चढ्न सबैभन्दा कठिनमध्ये एउटा पनि थियो । ‘सयौँ पटक त म झन्डै लडिन,’ पहाडको टुप्पोमा पुगेपछि उनले भने । यो वर्षको वसन्त यामसम्ममा हातैले टेकेर ५० वटा पहाड उक्लिने लक्ष्य पूरा हुने आशा सनको छ । त्यसपछि भने उनले गिनिज वर्ल्ड रेकर्डको लागि आवेदन दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण