जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
बुधबार, ०७ फागुन २०८१, १० : ०७
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा जङ्गली हात्तीको समूहले एक विपन्न परिवारको कच्ची घर भत्काइदिएको छ। ८६ वर्षीया धनमाया तामाङको घर भत्काएर हात्तीहरूले भित्र रहेको धान, चामल लगायतका खाद्यान्न खाएका छन्।
आज बिहान ३ बजेतिर आएको हात्तीको हुलले भाँडाकुँडा र अन्य सामानसमेत कुल्चेर तहसनहस बनाइदिएको छ । भाग्न नसक्ने वृद्धालाई नातिनीले बोकेर सुरक्षित स्थानमा पुर्याएकाले मानवीय क्षति भने हुन पाएन।
स्थानीयका अनुसार महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्ती सागरनाथ वन विकास परियोजनाको जङ्गल हुँदै सर्लाही प्रवेश गरेका हुन्। हरेक वर्ष यस याममा हात्तीहरू गाउँ पस्ने भएकाले स्थानीयवासी त्रसित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण