जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
बुधबार, ०७ फागुन २०८१, १० : ०७

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा जङ्गली हात्तीको समूहले एक विपन्न परिवारको कच्ची घर भत्काइदिएको छ। ८६ वर्षीया धनमाया तामाङको घर भत्काएर हात्तीहरूले भित्र रहेको धान, चामल लगायतका खाद्यान्न खाएका छन्।
आज बिहान ३ बजेतिर आएको हात्तीको हुलले भाँडाकुँडा र अन्य सामानसमेत कुल्चेर तहसनहस बनाइदिएको छ । भाग्न नसक्ने वृद्धालाई नातिनीले बोकेर सुरक्षित स्थानमा पुर्याएकाले मानवीय क्षति भने हुन पाएन।
स्थानीयका अनुसार महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्ती सागरनाथ वन विकास परियोजनाको जङ्गल हुँदै सर्लाही प्रवेश गरेका हुन्। हरेक वर्ष यस याममा हात्तीहरू गाउँ पस्ने भएकाले स्थानीयवासी त्रसित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन
-
सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक