अध्यक्ष भट्टराईले भने– राष्ट्रिय दिवसहरूबारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्छ

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय दिवसहरूबारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष भट्टराईले प्रजातन्त्र दिवसमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री, बहालवाला उपप्रधानमन्त्री वरिष्ठ व्यक्तित्व र प्रमुख प्रतिपक्षी दलका नेतालगायतको उपस्थित नरहेको भन्दै आक्रोश व्यक्त गरे । ‘यस पटक मात्र हैन प्रायः सधैँ यस्तो दृश्य देख्नु पर्दा मन खिन्न हुन्छ१ आखिर किन यस्तो हुन्छ ? राष्ट्रिय दिवसहरूबारे कतिपय सच्याउनु पर्ने कुरा छन् । तीबारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्छ भन्ने मेरो सुरुदेखि नै दृढ मत छ। तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ,’ उनले लेखेका छन्,‘खासगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आ–आफ्ना फरक राजनीतिक आस्थाका बाबजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नैपर्छ ।’
अध्यक्ष भट्टराईले सेना/प्रहरी/सशस्त्र प्रहरीका जवान र सांस्कृतिक कर्मीहरूले उच्चकोटीको र देशभक्तिपूर्ण प्रस्तुति दिने गरेको उल्लेख गरे । त्यस्तै स्थानीय पालिकाहरूको सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको तेक्वान्दो प्रदर्शन लगायतका प्रस्तुति प्रशंसायोग्य हुने गरेको पनि उनले बताए । उनले तीनलाई हौसला दिने कथित ठुलाबडाहरूको कर्तव्य होइन भन्दै चुनावको बेला मात्रै दाँत ङिच्याउँदै जाने हो भनी प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग