अध्यक्ष भट्टराईले भने– राष्ट्रिय दिवसहरूबारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्छ
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय दिवसहरूबारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष भट्टराईले प्रजातन्त्र दिवसमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री, बहालवाला उपप्रधानमन्त्री वरिष्ठ व्यक्तित्व र प्रमुख प्रतिपक्षी दलका नेतालगायतको उपस्थित नरहेको भन्दै आक्रोश व्यक्त गरे । ‘यस पटक मात्र हैन प्रायः सधैँ यस्तो दृश्य देख्नु पर्दा मन खिन्न हुन्छ१ आखिर किन यस्तो हुन्छ ? राष्ट्रिय दिवसहरूबारे कतिपय सच्याउनु पर्ने कुरा छन् । तीबारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्छ भन्ने मेरो सुरुदेखि नै दृढ मत छ। तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ,’ उनले लेखेका छन्,‘खासगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आ–आफ्ना फरक राजनीतिक आस्थाका बाबजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नैपर्छ ।’
अध्यक्ष भट्टराईले सेना/प्रहरी/सशस्त्र प्रहरीका जवान र सांस्कृतिक कर्मीहरूले उच्चकोटीको र देशभक्तिपूर्ण प्रस्तुति दिने गरेको उल्लेख गरे । त्यस्तै स्थानीय पालिकाहरूको सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको तेक्वान्दो प्रदर्शन लगायतका प्रस्तुति प्रशंसायोग्य हुने गरेको पनि उनले बताए । उनले तीनलाई हौसला दिने कथित ठुलाबडाहरूको कर्तव्य होइन भन्दै चुनावको बेला मात्रै दाँत ङिच्याउँदै जाने हो भनी प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण