सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
आइतबार, ११ फागुन २०८१, १६ : १२
सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो ।
पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ । यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
-
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
-
सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण