बुण्डेस लिगामा बायर्नको शानदार जित
सोमबार, १२ फागुन २०८१, ०२ : १२
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा बायर्नले तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्टविरुद्ध ४-० को जित हासिल गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जिताउन माइकल ओलिसे, हिरोकी इतो, जमाल मुसियाला र सर्ज गन्ब्रीले एक-एक गोल गरे । जितसँगै बायर्नको २३ खेलबाट ५८ अंक भएको छ भने फ्र्यान्कफर्टको ४२ अंक छ । समान खेलबाट बायर लिभरकुजेन ५० अंकसहित दोस्रो स्थानमा छ ।
अर्को खेलमा आरबी लेपजिगले हिडेनहाइमसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । अंक तालिकामा लेपजिग ३८ अंकसहित छैठौं स्थानमा रहँदा हिडेनहाइम झण्डै रेलिगेशन जोनमा छ । यस्तै, होफेनहाइम र भीएफबी स्टुटगार्टले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण