सुन पसलबाट लाखौँको सुनचाँदी चोरी
आइतबार, ०३ चैत २०८१, २१ : २१

महोत्तरी । महोत्तरीको एक सुन पसलमा शनिबार राति लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बलवा नगरपालिका–३ परौल बजारस्थित मनरा शिसवा नगरपालिका६ सरपल्लो बस्ने अरुण साहको शिवशान्ति ज्वेलर्समा चोरी भएको हो ।
प्रहरीका अनुसार पसलबाट २० किलोग्राम चाँदी, २० तोला सुन र नगद १ लाख ३० हजार रुपैयाँ चोरी भएको छ । यसको अनुमानित मूल्य करिब ७१ लाख ६० हजार रुपैयाँ बराबरको रहेको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वालिफायर–२ मा वर्षा बाधक, खेल हुन नसके के हुन्छ ?
-
कमल थापा र दिपक सिंह रिहा भएपछि राजेन्द्र लिङ्देनद्वारा स्वागत
-
सर्लाहीको हरिपुरमा आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा