डोल्पामा पहिलो पटक कानको शल्यक्रिया
मङ्गलबार, ०५ चैत २०८१, ११ : ५६

काठमाडौँ । डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ ।
'ब्याक टु लाइफ ई भी'को सहयोगमा फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरका क्रममा अस्पतालमा उक्त शल्यक्रिया भएको हो।
शिविरमा ३४९ जनाको कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो।
डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको हो । जसअनुसार आज र भोलि जम्मा २० जना को कानको शल्यक्रिया गरिने छ ।
उनीहरूको सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा. अखण्ड उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'