डोल्पामा पहिलो पटक कानको शल्यक्रिया
मङ्गलबार, ०५ चैत २०८१, ११ : ५६
काठमाडौँ । डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ ।
'ब्याक टु लाइफ ई भी'को सहयोगमा फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरका क्रममा अस्पतालमा उक्त शल्यक्रिया भएको हो।
शिविरमा ३४९ जनाको कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो।
डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको हो । जसअनुसार आज र भोलि जम्मा २० जना को कानको शल्यक्रिया गरिने छ ।
उनीहरूको सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा. अखण्ड उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण