दशगजामा लगाइएको चिया खेती हटाइयो
सारांश
- दशगजामा लगाइएको चिया खेती संयुक्त गस्ती टोलीले हटायो।
- सीमा क्षेत्र खाली गराउने उद्देश्यले चियाका बोट हटाइएको हो।
- सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक पनि सम्पन्न भयो।
झापा । झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती शुक्रबार दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।
नेपालको पाठामारी र भारतको किशनगञ्ज क्षेत्रको ११४ नम्बर सीमा स्तम्भ नजिक दशगजामा सुनकोशी चिया बगानको ६५ वटा चियाको बोट दशगजा क्षेत्रमा परेको हुँदा हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार दशगजा क्षेत्र खाली छाड्नुपर्ने भएकाले सो क्षेत्रमा लगाइएको चियाको बोट हटाइएको हो ।
दशगजा क्षेत्र खाली गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोली आज उक्त क्षेत्रमा पुगेको थियो ।
यसैबिच, आजै बिर्तामोडमा नेपाल र भारतको सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न भएको छ । उक्त बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालको तथा किशनगञ्जका जिल्ला अधिकारी विशाल राजले भारतीय टोलीको नेतृत्व गरेका थिए ।
नापी विभाग काठमाडौँको आयोजनामा भएको उक्त बैठकमा इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू तथा एसएसबीका सीमावर्ती जिल्लाका प्रमुखहरू, जिल्ला बन कार्यालयका प्रमुखहरूलगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौहानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण