शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा

शुक्रबार, २९ जेठ २०८३, २१ : २६
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ। बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेले ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा सचेतना कक्षा लिएका छन् ।

शुक्रबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर उनले सचेतना कक्षा लिएका हुन् । 

रातो बत्ती बल्दा सवारी नरोकेको कसुरमा उनलाई ट्राफिक प्रहरीले चिट काटेको थियो । नियमअनुसार ५ सय रुपैयाँ जरिवाना तिरेर सचेतना कक्षामा सहभागी भएको काफ्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियम सानालाई लाग्ने, ठुलालाई नलाग्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप