घुमन्ते राउटेका लागि कर्णाली सरकारले ल्यायो घुम्ती सेवाको अवधारणा
सारांश
- कर्णाली प्रदेश सरकारले लोपन्मुख राउटे समुदायका लागि घुम्ती सेवाको अवधारणा ल्याएको छ।
- यस अवधारणाअन्तर्गत शिक्षा, स्वास्थ्य र पोषणसम्बन्धी सेवाहरू घुम्ती प्रणालीमार्फत प्रदान गरिनेछ।
- सरकारले राउटे समुदायको बसोबासका स्थानमा अस्थायी आवास निर्माणका साथै निःशुल्क स्वास्थ्य उपचार र आवश्यक सामग्रीको व्यवस्था गर्ने नीति लिएको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले दक्षिण एसियाकै घुमन्ते तथा लोपन्मुख समुदाय राउटेका लागि घुम्ती सेवाको अवधारणा ल्याएको छ। ‘राउटे नीति’ नै बनाएर प्रदेश सरकारले राउटे समुदायको घुमन्ते जीवनशैलीलाई मध्यनजर गर्दै घुम्ती सेवाको अवधारण ल्याएको हो।
जस अन्तर्गत शिक्षा, स्वास्थ्य तथा पोषण सम्बन्धी सेवाहरू घुम्ती (मोबाइल) प्रणालीमार्फत प्रभावकारी रूपमा प्रवाह गरिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए। घुम्ती सेवा कार्यनीति अनुसार, राउटे समुदाय बसोबास गरेको स्थानमा आधारभूत शिक्षा दिने व्यवस्था मिलाइने उल्लेख छ । राउटेले कुनै बेला लेखपढ गरे पाप लाग्छ भन्थे ।
पछिल्लो समय एक संस्थाले राउटे समुदायका बालबालिकालाई लेखपढतर्फ अग्रसर गराइरहेको छ । प्रदेश सरकारले नीतिमै उनीहरू बसोबास गरिरहेकै स्थानमा घुम्ती आधारभूत शिक्षा दिइने छ ।
साथै, अब सरकारले अस्थायी आवास निर्माण गर्ने पनि नीति लिएको छ । ‘राउटे समुदायको बसोबास रहने सुर्खेत, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लामा उनीहरूको इच्छाअनुसारको स्थानमा अस्थायी आवास निर्माण गरिने छ,’ राउटे नीतिमा भनिएको छ ।
साथै, राउटे समुदाय बसोबास गरेको स्थानमा घुम्ती आधारभूत स्वास्थ्य सेवा सञ्चालन पनि गरिने छ भने त्यो निःशुल्क स्वास्थ्य उपचार सेवा पनि उपलब्ध गराइने नीतिमा उल्लेख छ ।
यस्तै, राउटे समुदायको स्वास्थ्य समस्या न्यूनीकरण गर्न खानपान, लत्ताकपडा तथा औषधिको निःशुल्क व्यवस्था गरिने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण