शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
बजार

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २९ जेठ २०८३, ११ : ३६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
  • सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ।

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज (शुक्रबार) उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको  छ  ।

बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप