बाल मनोविज्ञानमा आधारित विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन (तस्बिरहरू)
काठमाडौँ । बाल मनोविज्ञानमा आधारित विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' काठमाडौँमा मञ्चन भएको छ । माइतीघर स्थित सेन्ट जेभियर्स कलेजको स्नातक तह चौथो वर्षका विद्यार्थीले मल्लको नाटक मञ्चन गरेका हुन् ।
नाटकमा ध्रुव नाम गरेको एक विद्यार्थीलाई मुख्य पात्र बनाइएको छ। उनी एक बदमास विद्यार्थी हुन्छन्। सानैदेखि बाआमाको माया नपाएका ध्रुवले आफ्ना साथीहरूलाई कुट्ने, झगडा गर्ने, बदमासी गर्ने लगायतका काम गर्छन्। विद्यालयमा उनको व्यवहारले सबै आजित भइसकेका हुन्छन्।
यसैबिच फ्रायडको मनोविज्ञान पढेका प्रिन्सिपल सुन्दर लालले ध्रुवको व्यवहार अवलोकन गर्छन्। त्यसपछि उनी आमाको मायाबाट यो बालकले सानैदेखि वञ्चित भएको निष्कर्ष निकाल्छन्। प्रिन्सिपल सुन्दरले शिक्षिका कमलालाई नक्कली आमा बनेर ध्रुवलाई माया र ममता दिन आग्रह गर्छन्। कमलालाई मन नहुँदा नहुँदै पनि उनको आग्रह स्विकार्छिन्।
प्रिन्सिपलले दिएको जिम्मेवारी कमलाले इमानदारीपूर्वक निभाउँछिन्। उनले आमाको मातृ वात्सल्य दिएर ध्रुवलाई सुधार्ने प्रयास गर्छिन्। नभन्दै उनी यस काममा सफल हुन्छिन्। यस क्रममा उनी साँच्चिकै ध्रुवसँगको वात्सल्यमा पग्लिन्छिन्।
ध्रुव उनलाई आफ्नै छोराझैँ लाग्न थाल्छ। ध्रुवले एसएलसी दिएर होस्टेल र स्कुल छोड्नु पर्दा उनले आफूलाई सम्हाल्न सक्दिनन्। एसएलसीपछि ध्रुवका बुबा आफ्नो सप्रिएको छोरा लिन जिप चढेर आइपुग्छन् र शिक्षक शिक्षिकालाई धन्यवाद दिँदै फर्किन्छन्।
विजय मल्लले नाटकमा सृजना गरेको बोर्डिङ स्कुललाई शिक्षा बेच्ने नभई ज्ञान प्रदान गर्ने मन्दिरका रूपमा देखाएका छन्। अभिभावकको माया नपाउने बच्चालाई कसरी माया र प्रेमले सही बाटो देखाउन सकिन्छ भनेर विजय मल्लले शैक्षिक संस्था र शिक्षकको आदर्श जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
_qVZTX4ZD33.jpg)
_qFA21bceZs.jpg)
_u60JwrazrI.jpg)
_p9sAz9Vg6T.jpg)
_kFOguah2xY.jpg)
_NYrJqpvuDI.jpg)
_oQnsRDqFM4.jpg)
_5m3Kcf4Qyf.jpg)
_STRRiqFhx6.jpg)
_vjs97UGUq6.jpg)
_tK3UeX1TYs.jpg)
_ydn6Hd5OHC.jpg)
_M0py1G1L1D.jpg)
_bl8RzyyDsn.jpg)
_XFFY9YrKjl.jpg)
_4DzhhAEApe.jpg)
_hNRlUJRZzI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण