कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघमा चम्लागाईं निर्वाचित (सूचीसहित)
सोमबार, ११ चैत २०८१, १४ : २९
काठमाडौँ । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं ३५१ मतका साथ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी विकास थापालाई पराजित गर्दै अध्यक्षमा विजय हासिल गरेका हुन् । थापाले ८८ मत पाए । यस्तै अध्यक्षकी अर्का उम्मेदवार कल्पना खड्काले मात्र १३ मत पाइन् ।
संघको उपाध्यक्ष (महिला)मा अनिता घिमिरे गैरे, उपाध्यक्ष (खुला)मा उदयबहादुर लिम्बु, महामन्त्रीमा किरण कुमार पासवान र गणेश बहादुर खत्री निर्वाचित भए ।
यसैगरी महिलातर्फ ३ जना, खुलातर्फ ७ जनासहित केन्द्रीय सदस्य पदमा विभिन्न व्यक्तिहरू निर्वाचित भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
संघको पहिलो महाधिवेशन चैत ८ र ९ गते राजधानीमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण