गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो
मङ्गलबार, १२ चैत २०८१, १७ : ३८

बुटवल । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा गुल्मीमा पुत्ला दहन गरेका छन् ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको गुल्मीमा पुत्ला दहन गरेका छन् जिल्ला प्रशासन कार्यालय अगाडी शङ्ख बजाउँदै र ओलीको राजीनामा मागको नारा लगाउँदै पुत्ला जलाईएको थियो ।
पार्टीका जिल्ला सचिव अशोक थापाले घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको बताए । कुलामान प्रकरणलाई लिएर आज ठाउँ ठाउँमा विरोध भएका छन् । मन्त्रीपरिषद् बैठकले सोमबार कुलमानलाई हटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
भगतसिंह कोसियारी र महन्थ ठाकुरबिच भेटवार्ता
-
एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द
-
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह