रास्वपाले बोलायो केन्द्रीय समितिको विशेष बैठक
काठमाडौँ । विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विशेष बैठक भोलि (सोमबार) बोलाएको छ । रास्वपाको सचिवालय बैठकको निर्णय अनुसार दिउँसो ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठक दुई पटक बस्ने उनले जानकारी दिए । पहिलो बैठकमा कार्यबहाक सभापतिबाट धन्यवाद ज्ञापने गर्ने छ भने दोस्रो बैठक सभापति रवि लामिछानेको सभापत्विमा बस्नेछ । सहकारी ठगीमा कात्तिक २ गते पक्राउ परेका रविको नेतृत्वमा पहिलोपटक बस्न लागेको हो ।
दोस्रो बैठकको छलफलका विषयहरु :
१. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ ।
२. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा ।
३. जन यात्रा कार्यक्रम बारे।
४.पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस ।
५. अधिवेशनरमहाधिवेशन कार्यतालिका ।
६. विविध ।
(क) मुस्लिम समुदायको महान चाड इदको शुभकामना आदानप्रदान।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण