जङ्गली हात्ती मृतावस्थामा फेला
बिहीबार, २१ चैत २०८१, १५ : ५४
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो ।
हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताए । बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उनले बताए।
हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । उनका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ । दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण