२० लाख ९२ हजार हुन्डीको रकमसहित चिनियाँ नागरिक पक्राउ
बिहीबार, २१ चैत २०८१, १८ : ३८

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट चीनको तिब्बत स्थायी घर भई भारतको जोगिन्दर नगर बस्ने २६ वर्षीया महिला रिक्सी वाङ्मोलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
बिहीबार प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनको साथबाट २० लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ । उनको साथबाट १ हजार रुपैयाँ दरका ११८३ थान, पाँच सय रुपैयाँका १८१८ थान र आइफोन कम्पनीको एउटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म