२० लाख ९२ हजार हुन्डीको रकमसहित चिनियाँ नागरिक पक्राउ
बिहीबार, २१ चैत २०८१, १८ : ३८
काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट चीनको तिब्बत स्थायी घर भई भारतको जोगिन्दर नगर बस्ने २६ वर्षीया महिला रिक्सी वाङ्मोलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
बिहीबार प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनको साथबाट २० लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ । उनको साथबाट १ हजार रुपैयाँ दरका ११८३ थान, पाँच सय रुपैयाँका १८१८ थान र आइफोन कम्पनीको एउटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण