सडकमा राप्रपा, तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग (फोटोफिचर)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । एक साताअघि राजधानीको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै तोडफोड र आगजनीको घटना भएको थियो । सोही घटनापछि प्रहरीले राप्रपाका नेताहरू मिश्र र राणा समेतलाई पक्राउ गरेर मुद्दा अघि बढाएको छ ।
तर, प्रहरीले तीनकुने घटनामा राज्यतर्फबाट व्यापक दमन र धरपकड भएको आरोप लगाएको छ । सो घटनामा राप्रपाले गृहमन्त्रीको राजीनामाका साथै सुरक्षा प्रमुखमाथि कारबाहीको माग गरेको छ ।
सडकमा आएका राप्रपाका नेता कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता काम गर्नुपर्नेलगायतका माग गरे । प्रदर्शन राजधानीको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
_lnl3vb96ub.jpg)
_3orbyHN2Ku.jpg)
_RDbNsOlNdH.jpg)
_O1O4RbJCd6.jpg)
_pMXifUNdpe.jpg)
_Szko57tm13.jpg)
_Bk1yFVIAIX.jpg)
_qggaBLWJwB.jpg)
_ue5iDpPslm.jpg)
_iqBXN7Eqm1.jpg)
_NLhu5yo8WF.jpg)
_XC3SeStLpu.jpg)
_k6sE1AVGLo.jpg)
_LG7Xu5NE0M.jpg)
_STnntxa9WC.jpg)
_TuNxu4vjZg.jpg)
_aQ0Yj7oTNI.jpg)
_wfLaOCmdCh.jpg)
_rqNZaSs9v8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण