सडकमा राप्रपा, तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । एक साताअघि राजधानीको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै तोडफोड र आगजनीको घटना भएको थियो । सोही घटनापछि प्रहरीले राप्रपाका नेताहरू मिश्र र राणा समेतलाई पक्राउ गरेर मुद्दा अघि बढाएको छ ।
तर, प्रहरीले तीनकुने घटनामा राज्यतर्फबाट व्यापक दमन र धरपकड भएको आरोप लगाएको छ । सो घटनामा राप्रपाले गृहमन्त्रीको राजीनामाका साथै सुरक्षा प्रमुखमाथि कारबाहीको माग गरेको छ ।
सडकमा आएका राप्रपाका नेता कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता काम गर्नुपर्नेलगायतका माग गरे । प्रदर्शन राजधानीको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता