अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन
कञ्चनपुर । यातायात मजदुरले कञ्चनपुरमा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । बिहान ६ः०० बजेदेखि अवरुद्ध राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ । राजमार्गका ठाउँ ठाउँमा मजदुरले गाडी तेर्स्याएर अवरोध सृजना गर्दा यात्रुहरूले पैदल नै गन्तव्यमा जानुपरेको थियो ।
सवारी चालक मुकेशराज अवस्थीमाथि सवारी दुर्घटनामा मुद्दा चलाएर बिहीबार पुर्पक्षका लागि अदालतले कारागार चलाउन गरेपछि रिहाइको माग गर्दै यातायात मजदुरले आज राजमार्ग अवरुद्ध गरेका थिए ।
चालकका आफन्तले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको रिटमा सोमबार पेसी तोकिएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ ।
सवारी चालक अवस्थीका आफन्तले कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा दायर गरेको रिटको पेसी तोकिएपछि आन्दोलनरत पक्षले अवरुद्ध राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनका अनुसार यातायात र प्रशासनबिच भएको छलफलमा आन्दोलन स्थगन गर्ने सहमति भएको छ ।
माघ १९ गते कृष्णपुर नगरपालिका–२, बङ्कमा सुप्र ०२००१ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र कमलकान्त जोशी घाइते भएका थिए । त्यसपछि बस चालक अवस्थीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण