समाज
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
शनिबार, २३ चैत २०८१, १९ : ३२

सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ ।
जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ ।
तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने प्रचलन रहेको व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ ।
मच्छिन्द्रनाथको राष्ट्र प्रमुखले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
-
किन आइरहन्छ भुक्तानी प्रणालीमा बारम्बार समस्या ?
-
कर्णालीका महिलाको संघर्ष : लैंगिक असमानता र परिवर्तनको सम्भावना
-
ग्राहकको जोखिम व्यवस्थापनका लागि वित्तीय साक्षरता
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’