बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
आइतबार, २४ चैत २०८१, ०१ : ३१

काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी कम गरेको छ । शनिबार राती भएको खेलमा हिडेनहाइमविरुद्ध १-० को जित निकाल्दै बायरले अंकदुरी कम गरेको हो ।
शीर्ष स्थानको बायर्न म्युनिखको २८ खेलबाट ६८ अंक हुँदा बायरको समान खेलबाट ६२ अंक भएको छ । शनिबार राती अवे मैदानमा बायरलाई जिताउन एमिलियानो व्यूंडियाले निर्णायक गोल गरे ।
दोस्रो स्थानको बायर जित्दा तेस्रो स्थानको फ्र्यान्कफर्ट भने हारेको छ । फ्र्यान्कफर्ट वेर्डर ब्रेमेनसँग २-० ले हारेको हो । यस्तै बोरुसिया डर्टमण्ड ४-१ ले विजयी हुँदा भीएफबी स्टुटगार्ट ४-० ले विजयी भयो । आरबी लेप्जिगले होफेनहाइमलाई ३-१ ले स्तब्ध पार्दा मिन्ज र होल्स्टेनले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा
-
कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन
-
गहुँबाली भित्र्याउन किसानहरूलाई भ्याइनभ्याई (तस्बिरहरू)