बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
आइतबार, २४ चैत २०८१, ०१ : ३१
काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी कम गरेको छ । शनिबार राती भएको खेलमा हिडेनहाइमविरुद्ध १-० को जित निकाल्दै बायरले अंकदुरी कम गरेको हो ।
शीर्ष स्थानको बायर्न म्युनिखको २८ खेलबाट ६८ अंक हुँदा बायरको समान खेलबाट ६२ अंक भएको छ । शनिबार राती अवे मैदानमा बायरलाई जिताउन एमिलियानो व्यूंडियाले निर्णायक गोल गरे ।
दोस्रो स्थानको बायर जित्दा तेस्रो स्थानको फ्र्यान्कफर्ट भने हारेको छ । फ्र्यान्कफर्ट वेर्डर ब्रेमेनसँग २-० ले हारेको हो । यस्तै बोरुसिया डर्टमण्ड ४-१ ले विजयी हुँदा भीएफबी स्टुटगार्ट ४-० ले विजयी भयो । आरबी लेप्जिगले होफेनहाइमलाई ३-१ ले स्तब्ध पार्दा मिन्ज र होल्स्टेनले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण