भृकुटीमण्डप नपाएपछि राप्रपाले बल्खुमा विरोध प्रदर्शन गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएपछि राप्रपाले बल्खु रोजेको हो ।
प्रवक्ता मोहन श्रेष्ठले सरकारले सर्वसत्तावादी चरित्र देखाएर भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्न नदिएको उल्लेख गर्दै अब बल्खुमा कार्यक्रम गरिने तय भएको रातोपाटीलाई जानकारी दिए ।
राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको उल्लेख गर्दै श्रेष्ठले शान्तिपूर्ण प्रदर्शन जहाँ गर्दा पनि फरक नपर्ने बताए ।
‘हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हौँ । कुनै हिंसात्मक प्रदर्शन नभएकाले नियम कानुनले दिने हो भने सिंहदरबारमै अनुमति दिँदा पनि फरक पर्दैनथ्यो’, उनले भने, ‘तर सरकारले भृकुटीमण्डपमा नदिने जुन निर्णय गर्यो यो सर्वसत्तावादी चरित्र हो ।’
आइतबार जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण