राजनीति
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक
बुधबार, २७ चैत २०८१, २१ : २१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ । उनले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए ।
रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने तय गरे पनि सभापति लामिछाने पुर्पक्षका लागि थुनामा परेपछि निर्धारित मिति परिवर्तन गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा
-
विद्यालय कर्मचारीले छुट्टै आन्दोलन घोषणा गर्ने
-
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डद्वारा उद्घाटन (तस्बिरहरू)
-
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद, परीक्षण गर्न काठमाडौँ पठाइँदै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला