भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । दोस्रो नेसनल हर्टिकल्चर एक्सपो २०८१ काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । बिहीबार उद्घाटन भएको एक्स्पाे चार दिनसम्म चल्ने आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ ।
नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा रहेको दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८१ मा ७ सयभन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनीमा राखिएको आयोजकले जानकारी दिएका छन् ।
आयोजकका अनुसार मलखाद, अर्गानिक एवम् रासायनिक विषादी, बीउ बिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल छन् । मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिस्पर्धाको ५ समेत कुल ८६ स्टल छन् ।
चैत्र ३१ गतेसम्म चल्ने एक्स्पो करिब ५० हजारले अवलोकन गर्ने र करिब १ करोड २५ लाख सम्मको कारोबार हुने अनुमान आयोजकले गरेका छन् । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला
-
राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्र केन्द्रित बजेट ल्याइयो : सांसद खान
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग