वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
बिहीबार, ०४ वैशाख २०८२, १५ : ३५
काठमाडौँ । राप्रपाले राजसंस्थाको पक्षमा आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए ।
बैठकले पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ । यस्तै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने
निर्णय समेत गरेको लिङ्देनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण