समाचार
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
बिहीबार, ०४ वैशाख २०८२, २० : ३६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन् ।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले पार्टीबाट राजीनामा दिएको नभई सहमहामन्त्री पदबाट मात्र राजीनामा दिएको बताइन् ।
उनले दुई हप्ता अगाडि नै राजीनामा दिएको समेत बताइन् ।
एक व्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुने भन्दै पार्टी नेतृत्वसँगको छलफलपछि आफूले राजीनामा दिएको उनको भनाइ थियो ।
श्रेष्ठको राजीनामाबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा बढाइने कार्यवाहक सभापति डोल प्रसाद अर्यालले बैठकमा जानकारी गराएका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षे पुराना सवारीसाधनमैत्री काठमाडौं उपत्यका बनाउने अभियानमा प्रहरी
-
तेस्रो त्रैमासमा १२ वाणिज्य बैंक कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
-
रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुनसक्छ : सियोल
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...
-
मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !