युक्रेनमा रुसी ड्रोन आक्रमण : दुई जनाको मृत्यु
बिहीबार, १८ वैशाख २०८२, १६ : १६

किभ । रुसले युक्रेनको ओडेसा सहरमा गरेको ड्रोन आक्रमणमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको युक्रेनले बताएको छ । यो आक्रमणमा कम्तीमा पाँच जना घाइते भएको दाबी गरिएको छ ।
रुसी आक्रमणबाट हताहत हुनुका साथै आवासीय भवन, एउटा सुपर मार्केट र एउटा विद्यालयमा क्षति पुगेको ओडेसाका गभर्नर ओलेह केपिरले बताए । ओडेसा कृष्ण सागर नजिकै अवस्थित युक्रेनको महत्त्वपूर्ण रणनीतिक बन्दरगाह सहर हो ।
२०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरमा हमला सुरु गरेदेखि रुसले यस बन्दरगाहमा निरन्तर आक्रमण गरिरहेको छ । यस आक्रमणबारे रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित