बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
अपडेट

बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...

बिहीबार, १८ वैशाख २०८२, १६ : २६
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलागेर यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जानकारी गराएको हो । 

परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायहरूलाई यस पूर्व नै आवश्यक पत्राचार गरिसकिएकोले सम्बन्धित निकायहरूबाट परीक्षा सञ्चालनको पूर्व तयारीका बाँकी सम्पूर्ण कार्यहरू सम्पन्न गरी गराई तोकिएको मितिमा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन बोर्डले आग्रह समेत गरेको छ ।  

यसअघि वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुने भनिएकामा देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएपछि बोर्डले सूचना जारी गर्दै वैशाख २१ गतेदेखि सञ्चालन हुने जानकारी गराएको थियो । बुधबार मात्रै शिक्षक र सरकारबिच ९ बुँदे सहमति भएसँगै शिक्षकहरुले आन्दोलन स्थगित गरिसकेका छन् । 

rastriya exam board

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप