ओलीको अगुवाइमा मुलुकमा बेथिति हुँदा कांग्रेस साक्षी बन्यो : प्रभु साह
सुनसरी । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा मुलुकमा बेथिति भइरहेको दाबी गरेका छन् । यस्तो बेथितिमा नेपाली कांग्रेस समेत साक्षी बनेको उनको टिप्पणी छ ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउँछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढ्न सक्दैन ।’
यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको दबी गरे ।
नेपाल सहित विदेशमा श्रमजीवी मजदुरहरू विभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरूले ट्रेड युनियनको हक अधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।
आम ट्रेड युनियन फेडरेशनका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाको सहअध्यक्ष तिलक थापा, बिल्टू यादव, जुरीलाल मोची लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
यसैगरी आम ट्रेड युनियन फेडरेशन केन्द्रीय समितिको आयोजनामा आजै काठमाडौंमा विभिन्न कार्यक्रम सहित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण