बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर

काठमाडौँ । बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यु (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ ।
आइतबार बंलादेशले राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारका कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।
यो निर्देशन त्यहाँको एनबीआरको भन्सार शाखाले जारी गरेको हो । सूचनाअनुसार भारतबाट डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दूध पाउडर आयातमा रोक लगाएको छ ।
यस्तै सुर्ती, रेडियो र टीभीको पार्टपुर्जा, साइकल र मोटरको पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा भारतबाट आयातमा रोक लगाएको छ ।
यसमा भ्याटमा रजिस्टर भएका बिँडी उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ । यो सूचना तत्काल लागु हुने बताइएको छ । भन्सार स्रोतले यस्तो प्रतिबन्ध स्थानीय उद्योगलाई रक्षा गर्न र अवैध पुनर्निर्यात रोक्न गरिएको जनाएको छ ।
तर नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।
नेपालबाट यी दुवै वस्तु सानो परिमाणमा मात्रै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ८ महिनामा ४३ करोड ३५ लाख ४४ हजार रुपैयाँको विभिन्न वस्तु निर्यात भएको छ । यसमध्ये १८ हजार रुपैयाँको ५० किलो धागो निर्यात भएको छ । आलु निर्यात भएको देखिँदैन ।
के–के निर्यात हुन्छ बंगलादेशमा ?
स्रोतःभन्सार विभाग
आर्थिक वर्ष २०८०/८१ मा ५५ करोड ४६ लाख ६८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जसमा आलु र धागो निर्यात भएको देखिँदैन । ०७९/८० मा ५७ करोड ४० लाख २४ हजार रुपैयाँको वस्तु बंगलादेशमा निर्यात भएको छ । सो वर्ष पनि धागो र आलु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छैन ।
यसैगरी ०७८/७९ मा ७२ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु बंगलादेशतर्फ निर्यात भएको छ । जसमा पनि धागो र आलु निर्यात भएको देखिँदैन ।
कार्यकारी निर्देशक राणका अनुसार नेपालले बंगलादेशमा धागो निर्यातका पहिलादेखि पहल गर्दै आएको थियो । तर धागोमा एडिसनल ट्यारिफदेखि अन्य शुल्क लगाएको हुनाले निर्यात भइरहेको थिएन ।
२०७७/७८ मा ६७ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सो परिमाणमा वस्तु निर्यात हुँदा आलु र धागो निर्यात भएको देखिँदैन । निकासी नै नभएका वस्तुलाई बंगलादेशले अवरोध गर्दा नेपाललाई खासै असर नपर्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् ।
‘निकासी नै नभएको वस्तु रोकेर कुनै असर हुँदैन । तर उसलाई आवश्यक वस्तु आयातमा रोक लगाउनु कुनै आधार देख्दिनँ,’ उनले भने, ‘नेपालका लागि धागो पोटेन्सियल प्रोडक्ट हो । हामीले बङ्गलादेश निर्यात गर्न पहिलादेखि खोजेका हौँ । तर पहिल्यैदेखि गएको छैन । अहिले तुरुन्तै असर त गर्दैन, तर जान सक्ने उत्पादन नगएपछि पछिलाई असर पुग्छ ।’
ड्युटी र ट्याक्स नघटाएका कारण निर्यात थिएन
कार्यकारी निर्देशक राणका अनुसार नेपालले बंगलादेशमा धागो निर्यातका पहिलादेखि पहल गर्दै आएको थियो । तर धागोमा एडिसनल ट्यारिफदेखि अन्य शुल्क लगाएको हुनाले निर्यात भइरहेको थिएन ।
‘धागो हामीले पहिलादेखि भनेको हो । नेपालबाट ठुलो परिमाणमा भारत र टर्कीमा जान्छ । बंगलादेशमा त्यत्रो ठुलो गार्मेन्ट छ । त्यसकारण निर्यात गर्न खोजेको हो,’ उनी भन्छन्, ‘ड्युटी र ट्याक्स नघटाएको कारणले जान सकिरहेको थिएन । हामीले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भनेर प्रस्ताव गरेका थियौँ । गएको भने नेपालको राम्रो उत्पादन जान्थ्यो ।’
टर्कीमा ठुलो परिमाणमा पठाइरहँदा छिमेकी मुलुक बंगलादेशमा पठाउन नसक्नु दुखद् रहेको बताउँदै बंगलादेशलाई आवश्यक भएकाले ट्याक्स घटाउनसमेत पहल भएको उनको तर्क छ ।
तर नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि कुनै पनि मुलुकमा धागो निर्यात गर्न नपाउने राणा बताउँछन् ।
‘अहिलेलाई असर देखियो, तर आगामी वर्षदेखि विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएकाले हामीले धागो निर्यात गर्न मिल्दैन,’ उनले भने, ‘डबल प्रोसेसिङ चाहिन्छ । त्यसपछि यसै निकासी गर्न पाइन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?