परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ
काठमाडौं । काठमाडौंको परोपकार पुलमुनी धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा आशिष श्रेष्ठ नामक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेकाे सम्बन्धमा जानकारी गराएको हो ।
बैशाख १६ गते बिहान करिब ११:३० बजे को समयमा काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमुनी एक व्यक्ति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका थिए। तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोमा सोही दिन दिउँसो १२:२५ बजे उपचारको क्रममा मृत्यु भएको थियो। मृतक काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नम्बर १० का अन्दाजी ४२/४३ वर्षीय बिक्रम तामाङ रहेको खुलेको छ।
प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गर्दै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुल्न आएपछि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा नम्बर ७ स्थायी घर भई हाल डल्लु, काठमाडौंमा बस्दै आएका ३२ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जि.सी.ले जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जनसेवा प्रहरी वृत्त पठाइएको छ। प्रहरीले घटनामा प्रयोग गरिएको चक्कु, मोबाइल फोन, झोला, सर्ट, पाइन्ट, जुत्ता र माक्स समेत बरामद गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाबाट जलेश्वर जलमग्न
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण