अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
काठमाडौंँ । अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने भएको छ । सरकारले संसद्मा दर्ता गराएको चलचित्र विधेयकले टेलिभिजनहरुमा प्रशारण हुने टेलिचलचित्रको समेत जाँच गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो शर्त तथा मापदण्ड सरकारी जाँच समितिले तोक्नेछ ।
टेलिभिजनले टेलिचलचित्र जाँच गरेको विवरण सरकारी जाँच समितिलाई दिनुपर्ने प्रावधान गरिएको छ । यसअघि निजी टेलिभिजनले टेलिचलचित्रहरु आफु खुसी प्रसारण गर्दै आएका थिए ।
त्यसरी प्रसारण हुने गरेका टेलिचलचित्रहरु कतिपयमा सामाजका लागि अपाच्य संवाद तथा दृश्य समेटिएको भन्दै सर्वसाधारणले गुनासो गरेपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
टेलिचलचित्र एकै पटक लाखाैँ दर्शकले हेर्ने भएकोले यसका लागि जाँचको व्यवस्था हुनुपर्ने माग हुँदै आएको थियो ।
सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा टेलिचलचित्र जाँचपास गरेपछि मात्र प्रसारण हुने व्यवस्था पहिले देखि नै छ । ‘चलचित्र ऐन २०८१’ लागु भएपछि अब निजी टेलिभिजनले पनि टेलिचलचित्र जाँस पास गरेर मात्र प्रसारण गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण