धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
म्याग्दी । चालु वसन्तयाममा जिल्लाको धवलागिरि गाउँपालिका– ४ स्थित धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगेको छ । टोलीका प्रमुख लाक्पा शेर्पाले धवलागिरि हिमालको तेस्रो आधार शिविरमा पुगेसँगै आरोहणका लागि मार्ग बनाउने र रोप फिक्सिङ (डोरी टाग्ने) काम भइरहेको जानकारी दिए ।
‘मसहित छ जना शेर्पाको टोली बाटो बनाउँदै समुन्द्री सतहबाट सात हजार १०० मिटर उचाइमा रहेको तेस्रो आधार शिविर पुगेका छौँ’, उनले भने, ‘मौसमले साथ दिएमा एक(दुई दिनमा बाटो बनाएर आरोहीलाई चुचुरोमा पुर्याउँछौँ ।’
सेभेन समिट ट्रेक र १४ प्रिक्स एक्सीडिसनमार्फत पर्वतारोहीले धवलागिरि चढ्न लागेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहण गर्न दुई समूहका छ महिला र नौ जना पुरुषले अनुमति लिएका छन् ।
गत शरदयाममा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । लाक्पाको नेतृत्वमा तारामान तामाङ, प्रेम दोर्जे शेर्पा, पूर्वकुसाङ गुरुङ, पासाङ नर्वु शेर्पा र पेम्बा चुम्बी शेर्पाको टोली धवलागिरिको तेस्रो आधार शिविर पुगेको छ ।
छिनछिनमा परिवर्तन हुने मौसम आरोहणका लागि चुनौती बनेको शेर्पाले बताए । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण