सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

काठमाडौँ । विश्व सम्पदा दिवस विभिन्न कार्यक्रमका साथ मानाइएको छ । सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौँमा विश्व सम्पदा दिवस मनाइएको हो ।
१८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रूपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।
सोही अवसरमा आज काठमाडौँको स्वयम्भूनाथ मन्दिरदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा गरिएको छ । पदयात्रा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे, संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची