‘पीआर’को सकियो छायाङ्कन
काठमाडौँ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘पीआर’को छायाङ्कन सकिएको छ । २८ दिनको छायांकनपछि फिल्म सकिएको हो । स्वदेशमा १० दिन र अस्ट्रेलियामा २८ दिन फिल्मको छायाङ्कन भएको निर्देशक बस्नेतले जानकारी दिए ।
रन्जित शाह (आर एफ एम फ्यास्लिटी म्यानेज्मेन्ट र लेन वे डम्प्लिङ को प्रस्तुती रहेकाे फिल्मको ६० प्रतिशत छायाङ्कन अस्ट्रेलियामा गरिएको भने ४० प्रतिशत छायाङ्कन स्वदेशमा गरिएको हो । स्वदेशमा कास्कीको धम्पुस, पोखरा र चितवनमा फिल्मको छायाङ्कन भएको छ ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहेको छ ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेको फिल्ममा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ।
सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायाङ्कन गरेको फिल्ममा बन्दे प्रसादको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण