बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम

मङ्गलबार, ३० वैशाख २०८२, ०८ : ०४
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौं । जेठको ९ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवाल र अभिनेत्री सनिषा भट्टराईले बोलेको संवादको अहिले सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् ।

एक्सन, प्रेम, बिछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो फिल्मलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । 

फिल्ममा राज र सनिषाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ–‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि बिर्सन सकिँदैन । तिमीलाई बिर्सिएर कसरी सास फेर्नु ।’

राजको यो संवादपछि सनिषाले भन्छिन्, ‘को हौँ तिमी मेरो ।’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दङ्ग छन् । उनीहरुले, फिल्ममा दर्शकहरूले आफूहरूको प्रेमको विशेष पाटो हेर्न पाउने बताउँदै आएका छन् ।

फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप