‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
काठमाडौं । जेठको ९ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवाल र अभिनेत्री सनिषा भट्टराईले बोलेको संवादको अहिले सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् ।
एक्सन, प्रेम, बिछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो फिल्मलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा राज र सनिषाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ–‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि बिर्सन सकिँदैन । तिमीलाई बिर्सिएर कसरी सास फेर्नु ।’
राजको यो संवादपछि सनिषाले भन्छिन्, ‘को हौँ तिमी मेरो ।’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दङ्ग छन् । उनीहरुले, फिल्ममा दर्शकहरूले आफूहरूको प्रेमको विशेष पाटो हेर्न पाउने बताउँदै आएका छन् ।
फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण