‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
काठमाडौँ । ‘तक्मे बुढा’को नामले चिनिएका हास्य कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’काे ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । सोमबार काठमाडौँको होटेल याक एन्ड यतिमा आयोजित एक समारोहका बिच अभिनेता राईलाई ‘ब्रान्ड फेस’ को रूपमा सार्वजनिक गरिएको हो ।
सोमबारदेखि नै ‘तोक्मा एप’को औपचारिक रूपमा सेवा सुरु गरेको छ । तोक्माले नेपालको डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड–शेयरिङ, केयरगिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्दछ । साथै, तोक्मा टेक्लोनिजले डिजिटल बिजनेस कार्ड ‘जी कार्ड’ पनि सार्वजनिक गरेको छ ।
ब्रान्ड एम्बासडरको रूपमा नियुक्त भएपछि अभिनेता राईले भने, ‘मैले सधैँ आफ्ना समर्थकहरूले प्रेमपूर्वक विश्वास गरेका विभिन्न प्लेटफर्मलाई सही सदुपयोग र आम मानिसलाई वास्तविक कुराहरूबारे जानकारी दिन प्रयोग गर्ने गरेको छु । तोक्मा टेक्नोलोजीज एउटा एप मात्र होइन, यो नेपालमा दैनिक जीवनलाई जोड्ने, उत्थान गर्ने र सरल बनाउने एउटा क्रान्ति हो । म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।’
राईले विदेशी एपहरू पैसा तिर्दै चलाइरहँदा हाम्रो पैसा बाहिर गइरहेको अवस्थामा तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको बताए ।
तोक्माका सिइओ सागर आङदेम्बेले राईले तोक्माको भावनालाई मूर्त रूप दिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण