‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबीसहितको अपुष्ट समाचार लेख्ने नेपाली पेन अनलाइन’ का सम्पादक÷प्रकाशकलाई बयान गराउने आदेश भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासले बुधबार समाचारका सम्बन्धमा बयानमा बोलाउने आदेश गरेको हो ।
उक्त अनलाइनको सम्पादक दीपेश केसी रहेका छन् ।सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाट गरेको दाबी गरिएको थियो ।
समाचारमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि पूर्वराजालाई भेटेको र उनकै डिजाइनमा राउतले भेटघाट गरेको आक्षेप लगाइएको थियो ।राउत खिलराज रेग्मीको शैलीमा सरकारको नेतृत्व गर्ने डिजाइनमा रहेको आरोप समाचारमा लगाइएको थियो ।
उक्त समाचार प्रकाशित भएपछि सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलवार अवहेलना मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतले प्रशासनले मंगलबार नै अनलाइनलाई सम्पर्क गर्दै प्रमाण पठाउन अनुरोध गरेको थियो । यद्यपि हालसम्म उक्त मिडियाले कुनै प्रमाण अदालतसमक्ष पेस गर्न सकेको छैन । समाचार भने वेबसाइटबाट हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता