‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबीसहितको अपुष्ट समाचार लेख्ने नेपाली पेन अनलाइन’ का सम्पादक÷प्रकाशकलाई बयान गराउने आदेश भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासले बुधबार समाचारका सम्बन्धमा बयानमा बोलाउने आदेश गरेको हो ।
उक्त अनलाइनको सम्पादक दीपेश केसी रहेका छन् ।सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाट गरेको दाबी गरिएको थियो ।
समाचारमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि पूर्वराजालाई भेटेको र उनकै डिजाइनमा राउतले भेटघाट गरेको आक्षेप लगाइएको थियो ।राउत खिलराज रेग्मीको शैलीमा सरकारको नेतृत्व गर्ने डिजाइनमा रहेको आरोप समाचारमा लगाइएको थियो ।
उक्त समाचार प्रकाशित भएपछि सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलवार अवहेलना मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतले प्रशासनले मंगलबार नै अनलाइनलाई सम्पर्क गर्दै प्रमाण पठाउन अनुरोध गरेको थियो । यद्यपि हालसम्म उक्त मिडियाले कुनै प्रमाण अदालतसमक्ष पेस गर्न सकेको छैन । समाचार भने वेबसाइटबाट हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण