सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?

आइतबार, १४ असार २०८३, १३ : ४८
आइतबार, १४ असार २०८३

सारांश

  • जारी विश्वकपमा इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे आफ्नो समूहमा तेस्रो स्थानमा रहे पनि प्रतियोगिताबाट बाहिरिए ।
  • उनीहरू फिफाको ४८ टोली सहभागी विश्वकपको नयाँ ढाँचाअनुसार उत्कृष्ट आठ तेस्रो स्थानप्राप्त टोलीभित्र पर्न नसकेपछि बाहिरिएका हुन् ।
  • इरान नवौँ स्थानमा रहँदै अभागी सावित भयो, समान ३ अङ्क भए पनि सेनेगलको गोल अन्तर राम्रो भएकाले इरान बाहिरियो ।

काठमाडौँ । जारी विश्वकपमा इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे आफ्नो–आफ्नो समूहमा तेस्रो स्थानमा रहे पनि प्रतियोगिताबाट बाहिरिए । उनीहरू फिफाको नयाँ ४८ टोली सहभागी विश्वकपको ढाँचाअनुसार उत्कृष्ट आठ तेस्रो स्थानप्राप्त टोलीभित्र पर्न नसकेपछि बाहिरिएका हुन् ।

 तेस्रो स्थानमा रहेर पनि फिफाको ‘वाइल्ड–कार्ड’ तालिकामा पछि पर्दै बाहिरिएका चार टिमहरूको समग्र तथ्याङ्कः

इरान (समूह जी): समूह चरणका तीनवटै खेल बराबरी (३ अङ्क) खेलेको इरान नवौँ स्थानमा रहँदै अभागी सावित भयो । समान ३ अङ्क नै भए पनि सेनेगलको गोल अन्तर (+२) राम्रो भएकाले इरान बाहिरियो ।
दक्षिण कोरिया (समूह ए): पहिलो खेलमा चेकियालाई ३–१ले हराए गरे पनि मेक्सिको र दक्षिण अफ्रिकासँग पराजित भएपछि कोरियाले केवल ३ अंकमा मात्र चित्त बुझाउनु परेन, गोल अन्तर नकारात्मक बन्दा र टोली तेस्रो हने १२ टिममध्ये १० औँ स्थानमा खुम्चियो । र, बाहिरियो ।

स्कटल्याण्ड (समूह सी): हाइटी विरुद्ध १–० को जित निकाले पनि मोरक्कोसँगको १–०को हार तथा ब्राजिलसँग बेहोरेको ३–० को भारी पराजयले स्कटल्याण्डको गोल अन्तर नराम्रोसँग बिगार्यो र टोली बाहिरियो ।

उरुग्वे (समूह एच) : साउदी अरब र केप भर्डसँग बराबरी खेलेको उरुग्वे अन्नत स्पेनसँग पराजित मात्र भएन, दुई पटकको विश्वकप विजेता केवल २ अंक जोड्ने समूह चरणको एक्लो तेस्रो टिम पनि भयो ।
समग्रमा,
इरान ‘नवौँ उत्कृष्ट’ तेस्रो स्थानप्राप्त टोलीका रूपमा रह्यो र टाइब्रेकर नियमका कारण केवल एक स्थानले पछि पर्दै नकआउट चरणमा पुग्नबाट वञ्चित भयो । किनकी उसँग तीन अंक हुदाँहुदैँ पनि गोलअन्तर शुन्य थियो ।

 तीन अंक नै भएको सेनेगलले यसलाई गोलअन्तरले गर्दा उछिनेको थियो । माइनस गोलअन्तर भएका दक्षिण कोरिया, स्कटल्यान्डसँग पनि ३–३ अंक थियो भने, तेस्रो भएर बाहिरिएको दुई पटकको विश्वकप च्याम्पियनसँग उरुग्वेसँग केवल २ अंक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप