विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
सारांश
- विश्वकप २०२६ उरुग्वे राष्ट्रिय फुटबल टोलीका लागि बिर्सनलायक बनेको छ।
- समूह चरणबाटै बाहिरिएपछि उरुग्वे फुटबल अधिकारीहरूले टोलीका लागि स्वदेश फर्कने चार्टर्ड उडान रद्द गरेका छन्।
- यस निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मार्सेलो बिएल्साको भविष्यसमेत अनिश्चित बनेको छ।
काठमाडौँ । विश्वकप २०२६ उरुग्वे राष्ट्रिय फुटबल टोलीका लागि बिर्सनलायक बनेको छ। समूह ‘एच’ मा दुई अंक मात्र जोड्न सकेको उरुग्वे अंकतालिकामा सानो राष्ट्र केप भर्डेभन्दा पनि पछि पर्दै समूह चरणबाटै बाहिरिएको थियो।
समर्थकहरूका लागि यो नतिजा जति निराशाजनक थियो, उरुग्वे फुटबल अधिकारीहरू पनि त्यत्तिकै असन्तुष्ट देखिएका छन्। त्यसकै कारण टोलीका लागि स्वदेश फर्कने चार्टर्ड उडान रद्द गरिएको दाबी गरिएको छ।
एल पाइस दैनिक र टेनफिल्ड टेलिभिजन नेटवर्कका अनुसार उरुग्वे फुटबल महासंघ (एयूएफ) ले मेक्सिकोस्थित टोलीको आधार शिविरबाट राजधानी मोन्टेभिडियोसम्मको चार्टर्ड उडान रद्द गर्ने निर्णय गरेको हो।
यूएसए टुडे का अनुसार अब खेलाडीहरू टोलीका रूपमा एउटै विमानमा स्वदेश फर्कने छैनन्। उनीहरू व्यावसायिक उडानमार्फत आ–आफ्नो गन्तव्यतर्फ जाने अपेक्षा गरिएको छ।
यद्यपि एयूएफले यस्तो निर्णय किन गर्यो भन्ने विषयमा फरक–फरक व्याख्या भइरहेका छन्। सामाजिक सञ्जाल एक्सका धेरै प्रयोगकर्ताले यसलाई खराब प्रदर्शनप्रतिको असन्तुष्टिका कारण गरिएको निर्णय भन्दै टिप्पणी गरेका छन्। तर केहीले अधिकांश उरुग्वेली खेलाडी युरोपका क्लबमा आबद्ध रहेकाले उनीहरू सिधै युरोप फर्कनु स्वाभाविक भएको तर्क गरेका छन्।
खराब रह्यो उरुग्वेको विश्वकप अभियान
उरुग्वेको विश्वकप यात्रा साउदी अरेबियासँग १–१ को बराबरीबाट सुरु भएको थियो। टोलीले बराबरी गोल गर्न ८०औँ मिनेटसम्म कुर्नुपरेको थियो। त्यसपछि केप भर्डेविरुद्ध पनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
पहिलो दुई खेलबाट दुई अंक मात्रै जोडेको उरुग्वेलाई नकआउट चरणमा पुग्न अन्तिम खेलमा स्पेनलाई हराउनै पर्ने अवस्था थियो। बराबरीको नतिजाले पनि अन्य खेलको परिणाममा भर पर्नुपर्ने स्थिति थियो।
तर शुक्रबार स्पेनसँग १–० ले पराजित भएपछि उरुग्वेको विश्वकप यात्रा समूह चरणमै समाप्त भयो।
हाल उरुग्वे विश्वकपबाट बाहिरिने सबैभन्दा उच्च वरीयताप्राप्त टोली बनेको छ। प्रतियोगिता सुरु हुँदा उरुग्वे फिफा वरीयतामा विश्वको १६औँ स्थानमा थियो। टोलीमा युरोपका शीर्ष लिगमा खेलिरहेका अनुभवी खेलाडीहरूको बाहुल्य थियो।
यस निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मार्सेलो बिएल्साको भविष्यसमेत अनिश्चित बनेको छ। आगामी दिनमा उनले पद छाड्नुपर्ने सम्भावना रहेको र नयाँ प्रशिक्षकका लागि टोलीलाई पुनः लयमा फर्काउनु ठूलो चुनौती हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण