सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्‍याइयो

आइतबार, १४ असार २०८३, २० : ४६
आइतबार, १४ असार २०८३

सारांश

  • श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको थियो ।
  • ककपिटमा धुवाँ देखिएपछि पाइलटले सुरक्षालाई प्राथमिकता दिँदै तत्काल भैरहवामा आकस्मिक अवतरण गर्ने निर्णय लिएका थिए ।
  • जहाजमा सवार ८० जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित रूपमा धनगढी पठाइएको छ ।

बुटवल । भैरहवामा आपतकालीन अवतरण गरेको श्री एयरलाइनसकाे जहाजमा रहेका यात्रुहरूलाई अर्को जहाजमार्फत धनगढी पुर्‍याइएकाे छ।

आइतबार साँझ एसएचए–२२७ नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

उडानका क्रममा ककपिट (पाइलट बस्ने स्थान) भित्र धुवाँ देखिएपछि पाइलटले सुरक्षालाई प्राथमिकता दिँदै तत्काल भैरहवामा आकस्मिक अवतरण गर्ने निर्णय लिएका थिए। विमान सुरक्षित रूपमा अवतरण भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले जहाजमा सवार ८० जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित रूपमा धनगढी पठाइएको राताेपाटीलाई बताए । उनले उक्त जहाज धनगढी पुगिसकेको खुलाए।

भैरहवामा रहको जहाजको प्राविधिक टोलीले विस्तृत जाँच गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप