२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
सारांश
- बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ मा शंकरदेव कलेजको 'द इभिल्स' टोली २७ टोलीलाई पछि पार्दै प्रथम भयो।
- यो ह्याकाथन बागमती प्रदेशको पर्यटन प्रवर्द्धन र प्रविधिको माध्यमबाट पर्यटक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको थियो।
- विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्यो।
काठमाडौँ । काठमाडौंस्थित नेपाल इन्जिनियरिङ कलेज (एनइसी) मा आयोजित ‘बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगितामा सहभागी २७ टोलीलाई पछि पार्दै शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम हुन सफल भएको छ।
बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने र प्रविधिको माध्यमबाट पर्यटकहरूको सुरक्षालाई भरपर्दो एवं प्रभावकारी बनाउने उद्देश्यका साथ यो ह्याकाथन आयोजना गरिएको हो। प्रतियोगितामा प्रतिस्पर्धी टोलीहरूले पर्यटक सुरक्षासँग सम्बन्धित नवीन एवं प्रविधिमैत्री मोबाइल एप र विभिन्न डिजिटल समाधानका उपायहरू प्रस्तुत गरेका थिए।
प्रतिस्पर्धामा आयोजक नेपाल इन्जिनियरिङ कलेजको ‘रोमर्स’ टोली उपविजेता बन्यो भने एस कलेजको ‘एएसडी’ टोलीले तेस्रो स्थान हासिल गर्यो। विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र मेडल प्राप्त गरे। विजयी टोलीहरूलाई नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, प्रशासन प्रमुख श्रीमा शर्मा तथा कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख अंशु घिमिरेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नेपाल भ्रमणमा आउने पर्यटकहरूले विभिन्न सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्नु परिरहेको चर्चा गरे। उनले यस्ता समस्या समाधानका लागि प्रविधिमा आधारित उपायहरू खोज्न ह्याकाथन आयोजना गरिएको स्पष्ट पार्दै प्रतियोगितामा प्रस्तुत भएका उत्कृष्ट अवधारणाहरूलाई व्यवहारमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाए। आगामी दिनमा पनि नेपाल इन्जिनियरिङ कलेजसँगको यस्तो सहकार्यलाई निरन्तरता दिइने उनको भनाइ थियो।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले नेपाल भ्रमणका क्रममा पर्यटकहरूले भोग्ने सुरक्षा समस्या, सूचनाको अभाव, शारीरिक तथा मानसिक दुर्व्यवहार र कतिपय अवस्थामा हराउने वा बेपत्ता हुने जोखिमलाई न्यूनीकरण गर्न यस्ता नवप्रवर्तनकारी कार्यहरू आवश्यक रहेको औँल्याए। विद्यार्थीहरूले प्रस्तुत गरेका उत्कृष्ट अवधारणालाई व्यवहारमा उतार्न सके नेपालको पर्यटन क्षेत्र अझ बढी सुरक्षित, व्यवस्थित र आकर्षक बन्ने विश्वास उनले व्यक्त गरे।
यसैगरी नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारसँग सहकार्य गरी ह्याकाथन आयोजना गरिएको जानकारी दिए। ह्याकाथनबाट प्राप्त भएका नवीन सोच, प्रविधि र डिजिटल समाधानहरूले नेपालको पर्यटन क्षेत्रको समग्र विकास, प्रवर्द्धन तथा दिगोपनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण