रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
_urtz4ApxUq.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई बधाई दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बधाई दिएका हुन् ।
साथै उनले राजनीतिज्ञलाई उसको विगतमा नभई वर्तमानमा खेलिरहेको भूमिकाका आधारमा मुल्यांकन गर्नुपर्नेमा जोड दिँदै भविष्यमा खेल्न सक्ने भूमिकालाई आधार बनाएर जिम्मेवारी प्रदान गनुपर्ने बताए ।
महासचिव पोखरेलले लेखेका छन्,‘अनुभवी राजनीतिज्ञ रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुनुभएकोमा हार्दिक बधाई । उहाँको नियुक्तिसंगै पुराना सन्दर्भहरु कोट्याउने प्रयास भइरहेको छ । राजनीतिज्ञलाई उसको विगतमा होइन, वर्तमानमा खेलिरहेको भूमिकाका आधारमा मुल्यांकन गर्नु पर्दछ र भविष्यमा खेल्ने सक्ने भूमिकालाई आधार बनाएर जिम्मेवारी पर्दान गर्नु पर्दछ ।’
यस्तै उनले रघुजी वर्तमानमा प्रभावकारी खेल्न सफल र भविष्यका लागि आशा जगाउन सक्ने सम्भावना बोकेको राजनीतिज्ञ भएको समेत उनले बताए । अहिलको चुनौतीपूर्ण अवस्थालाई सामना गर्दै शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस् भन्दै पोखरेलले शुभकामना समेत दिए ।
विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उनको ठाउँमा एमाले सांसद पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मात्रै शिक्षामन्त्री बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नीति तथा कार्यक्रममा राख्यो संविधान संशोधनको विषय
-
लिरभपुलका समर्थकले खुसीयाली मनाउँदा पटक–पटक कम्पन भएको थियो पृथ्वी
-
बिजुलीको महसुल बढाउने तयारीमा कार्यकारी निर्देशक शाक्य
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु
-
विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो